हाम्रो देश नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भईसकेको छ । तर कस्तो अचम्मको गणतान्त्रिक मुलुक ? जहाको राष्ट्राध्यक्ष र प्रधानमन्त्रीको तस्वीर सरकारी कार्यालयमा झुण्डयाउनको लागि पनि दल र जनताले बिज्ञप्ति जारी गर्नु पर्ने ?
तर " ढिलै होस, छोरा होस " भने जस्तै नेपालकै सबैभन्दा जेठो दलको रुपमा चिनिने नेपाली कांग्रेस पर्सा जिल्ला कार्य समितिले भने यस मुद्धालाई लिएर पहल अघि बढाएको छ । हुनत कुनैपनि मुलुकको सरकारी तथा गैरसरकारी कार्यालयहरुमा आफना राष्ट्राध्यक्ष र प्रधानमन्त्रीको तस्विर झुण्डयाउन बिज्ञप्ति र निर्देशनलाई पर्खनु नपर्ने हो । तर यो घटनाले हामी गणतान्त्रिक मुलुकका जनता साच्चिकै अर्थमा अझै गणतान्त्रिक भैसकेका छैनौ रहेछ भन्ने कुरालाई चाही प्रष्ट पारेको छ ।
हुनत पर्सा कार्य समितिले उठाएको कुरा उसको आफनो एजेण्डा चाही होईन । यो एजेण्डा त केही दिन अघि मीरेष्ट नेपालले बीरगंजको घण्टाघर अगाडी आयोजना गरेको समायोजन कार्यक्रममा एक र्सवसाधारणले उठाएको प्रश्न हो । जसलाई नेपाली कांग्रेस पर्साले अनुशरण गरेर त्यसलाई अनिवार्यरुपमै राखिनु पर्ने माग सहित गृहमन्त्रालय समक्ष आफनो ज्ञापन पत्र बुझाएको छ । यो बिषय कसले उठायो भन्दा पनि यो कुरा अहिलेको वर्तमान परिस्थितीमा कतिको महत्वपूर्ण र अनुशरणिय छ भन्ने कुरा चाही बढी महत्वपूर्ण हो ।
मीरेष्ट नेपालको त्यस कार्यक्रममा यो बिषय उठदा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमोद कुमार गुप्ताले हाम्रा राष्ट्राध्यक्ष मधेसी परेकोले उहाको तस्विर नराखिएको हो भनेर प्रष्टरुपमा आफनो जवाफ दिनुभएको थियो । तर आर्श्चर्यको कुरा नै भन्नु पर्ला, उहाको पार्टी त मधेस र मधेसीको हक हित र अधिकारको लागि भनेरै गठन गरिएको पार्टी हो । तर खोइ त ? मधेस र मधेसीको भनेर चिनिने पार्टीको आफनो कार्यालयमा मधेसीहरुको गर्व राष्ट्राध्यक्ष डा. रामवरण यादबको तस्विर ? के मुखैले मात्रै मधेस र मधेसीको नारा जपेर, मधेस र मधेसीको हक अधिकार प्राप्त होला त ? कि कामले पनि साच्चिकै मधेस र मधेसीको हक अधिकारको लागि केही गर्ने हो । होइन भने खाली मुखैले मात्र स्वायत्त र अधिकार सहितको मधेस बनाउछौ भनेर मात्रै कदापी सपना साकार हुनेछैन् ।
अब सबै नेपालीले आफना राष्ट्राध्यक्ष र प्रधानमन्त्रीको तस्विरलाई आ-आफनो कार्यालयमा लगाउन सक्यौ भने यसबाट दल र ब्यक्तिलाई भन्दा पनि मुलुक साच्चिकै अर्थमा गणतान्त्रिक भएको अनुभुति दिनेछ । अब खाली विश्वका चर्चित नेताहरुको तस्वीर झुण्डाउदैमा र श्री ५ को सरकार, नगर पञ्चायत, जिल्ला पञ्चायत, शाही सेनाको नाम परिवर्तन गरेर मात्रै मुलुक नया लोकतान्त्रिक गणतन्त्र नेपाल बन्न सक्दैन । त्यसको लागि गणतान्त्रिक पद्धतिबाट निर्वाचित भएको आफनो पहिलो राष्ट्राध्यक्षलाई पनि सम्मान गर्न सक्नुपर्छ । यस्ता क्रियाकलाप हुनसके मात्र तीन करोड नेपाली जनतामा राष्ट्रियता र एकता बढने छ ।
त्यसैले नेपालमा रहेको सबै दल तथा त्यसको नेताहरुले गणतान्त्रिक मुलुकका पहिलो ऐतिहासिक राष्ट्रायक्षको तस्विर अनिवार्यरुपमा आ-आफनो कार्यालयमा राख्नु पर्ने उर्दी जारी गरी सहीमा आफु गणतान्त्रिक नेपालको पक्षधर भएको प्रमाणित गर्नुपर्छ । यता नेपाल सरकारले पनि आफना सम्पूर्ण सरकारी कार्यालय तथा गैर सरकारी कार्यालयमा राष्ट्राध्यक्ष र वर्तमान प्रधानमन्त्रीको तस्विर अनिवार्यरुपमा झुण्डयाउनु पर्ने निर्देशन दिएमा आउदो दिनमा यसबाट मुलुकको एकता र राष्ट्रियतालाई बलियो आधार प्राप्त हुने निश्चित छ ।
पूर्व मेयर तथा पत्रकार स्व.गोपाल गिरीले हामी सबैलाई छाडेर गएको आज पाच बर्ष पुरा भई छैठौ बर्षमा प्रवेश गरेको छ ।
समयले नेटो काटेको शायद कसैले चालै पाएन । बि.स.२०६० साल माघ १ गते विहान लागेको बाक्लो हुस्सु र अत्याधिक जाडोको बावजुद स्व.गिरीको मोबाईलको घण्टी बज्यो, केहीबेर कुराकानि भयो । त्यतिनै बेला गिरी आफना सालालाई लिएर वाहिर हिडे । उनका अगंरक्षक र सहयोगीले हामी पनि जान्छौ भन्दा मलाई एकजना महत्वपूर्ण ब्यक्तिसंग वार्ता गर्नुछ, त्यसैले तपाईहरु आउनु पर्दैन र मलाई केही हुदैन भन्दै गोप्य गन्तब्य तर्फहिडेका थिए ।
गिरीको दृढतालाई लिएर अहिले समय ठिक नभएकोले यति विश्वास कसैमाथि गरिहाल्नु हुदैन भनेर भन्दा, गिरीले आफनो कसैसंग पनि दुश्मनी नभएकोले आफुलाई केही नहुने बताउदै हतार हतार वाहिरिएका थिए । उनको हतार देख्दा, मानौ समयमा नपुगे ठुलै अनिष्ठ हुन्छ जस्तो देखिन्थियो । उनको हतारलाई देखेर कसैले सपनामा पनि सोचेका थिएनन्, केहीबेरमै बीरगंजमा ठुलै अनिष्ठ हुदैछ भनेर । तर दैवको संयोज भनौ वा के भन्ने,आखिर नसोचेको अनिष्ठ भई छाड्यो । सबैतिर खैलावैला मच्यो, माओबादीले मेयर गोपाल गिरीलाई गोली हानी हत्या गर्यो भनेर । सुन्दा शायद त्यतिबेला कसैलाई पनि विश्वासै लागेन । तर सत्य कुरालाई नमानेर पनि कतिञ्जेल चित्त बुझाउन सकिन्थियो र ?
शिवा अस्पतालमा गिरीको शव ल्याई राखेको थियो । उज्यालो अनुहारका धनी गिरीको ठुलो निधार बीचमा गोलीले बनाएको सानो छ्रि्र र त्यसबाट धुवा सहित वगिरहेको रगतलाई हेर्दा मानौ उनको हत्या होईन बरु कसैले उनको राजतीलक गरिदिएको जस्तो लाग्थियो ।
उनको हत्या गरेर देश र जनतालाई मुक्ति दिन खोज्ने हत्याराहरु बिजयी जुलुसको उन्मादमा थिए होलान् । तर गिरीको मृत्युले केवल गिरी परिवारको मात्रै नभई, सिङ्गो बीरगंजकै आशा अस्ताउन पुगेको थियो । माओबादीलाई गिरीको हत्या गरिहाल्नु पर्ने त्यस्तो कुनै खासै कारण नभए पनि आफनो जनयुद्धको प्रचार र समाजमा आतंक श्रृजना गर्नको लागि यो हत्या निकै कारगार सावित भएपनि, गिरी परिवारको लागि भने यो घटना बज्रपात थियो ।
गिरी बीरगंजको मेयर बनेदेखि नै उनलाई मेयर पद छाडन माओबादीबाट चेतावनी नआएको होईन, तर सही तर्क दिएर सम्झाउने र बुझाउने साहसी गिरीले माओबादीलाई पनि भेटेरै सम्झाउने र बुझाउने जुन उहाको दृढ विश्वास थियो । त्यही दृढताले नै उनको ज्यान लिएको थियो । गल्ती नगर्नु र कसैसंग पनि नडराउनु भन्दै हिडने गोपाल गिरीको यस सिद्धान्तसंग परिचित ब्यक्तिले नै उनलाई बोलाएर हत्या गरेका थिए । उनको हत्याको समाचारलाई केवल नेपालको सञ्चारकर्मीले मात्रै नभई विश्वकै सञ्चारमाध्यमले समेत निकै महत्वका साथ प्रसारण गरेको थियो ।
तर अहिले समय निकै परिवर्तन भईसकेको छ । वर्तमान परिस्थितीलाई हेर्दा हिजोका मुक्तिकर्मी लडाकुहरु आज आफै स्वयम् अन्य मुक्तिकर्मीको निशाना बन्न बाध्य भईरहेका छन् । हिजो अरुलाई तर्साउनेहरु आज लुकेर हिडन थालेका छन् । मुक्तिको नाममा अरुलाई बलि चढाउनेहरु आज आफै मुक्तिको नाममा बलि चढदैछन् । समय र पात्र मात्रै परिवर्तन भयो, तर असलमा १४ हजार नेपालीले ज्यान दिदा समेत अझै नेपाल र नेपालीले मुक्ति पाउन सकेको छैन । बरु मुक्तिको नाममा हत्याको श्रृखला चा“ही बढदै गैरहेको छ ।
बारा र पर्सामा गत पौष २३ र २८ गते गरी तर्राईमा संघर्षरत भुमिगत सशस्त्र समुहले माओबादीका ४ जना कार्यकर्तालाई गोली हानी हत्या गरिसकेको छ । श्रृङ्खलाबद्ध हत्यालाई लिएर माओबादी कार्यकर्ताहरु आक्रोशित, आन्दोलित र आंतकित भएका छन् । अहिले उनीहरु सरकारलाई र्सवसाधारण जनताको सुरक्षा दिन नसकेको आरोप लाएर राजीनामा मागिरहेका छन् । वितेको २०६० साल र वर्तमान २०६६ सालमा भएको परिवर्तन यही नै हो । त्यसबेला मुक्तिको लागि अरुलाई आहार बनाउने माओबादी लडाकु अहिले आफै विभिन्न मुक्तिकर्मीको आहार बन्न बाध्य भएका छन् ।
कस्तो संयोग । बीरगंजका सपूत स्व.गोपाल गिरीको हत्यालाई लिएर केवल बीरगंजबासी मात्र नभई सारा देश नै स्तब्ध भएको थियो । उनको शवयात्रामा लाखौ देशवासी उर्लेका थिए । गिरीको शवयात्रामा श्रद्धाञ्जलि दिने शुभचिन्तकहरुमा कुनै स्वार्थ, डर र त्रास लुकेको थिएन् । यदि केही लुकेको थियो भने त्यो हो गिरीप्रतिको सच्चा आदर र श्रदा । तर यही पौष २८ गते तर्राईमा संघर्षत एक भुमिगत समुहले ए.माओबादीका क्षेत्रिय सेक्रेटरी राजेश मण्डलको टाउकोमा गोली हानी हत्या गरेको थियो । तर दुर्भाग्य नै भन्नु पर्ला, मण्डलको शवयात्रामा उनकै क्रान्तिकारी पार्टीका कार्यकर्ताहरुको समेत उल्लेखनिय उपस्थिती थिएन । आखिर किन ?
एउटा होनाहार, मिलनसार र विकासप्रेमि सिपाही स्व. गिरीलाई सबैबाट लुछेर लैजाने हत्याराको के हश्र भयो त्यो त दैवले जानुन । किनभने गिरीको हत्याको साक्षि मानव नभई स्वयम इश्वर आफै थिए । मुक्तिको नाम लिदै एउटा क्रुर हत्याराले सबैका प्रिय ब्यक्तित्वमाथि गोली प्रहार गर्दै गर्दा आफुलाई इश्वर भनाउने हनुमानजी स्वयम आफै प्रत्यक्षदर्शी भएर हेरिरहेका थिए । हत्याराले त्यतिवेला केवल गिरीको विश्वासलाई मात्रै होइन, इश्वरीय शक्तिलाई समेत चुनौति दिएका थिए ।
अन्त्यमा मुक्तिको नाम लिएर एउटा र्सवसाधारणको हत्या गर्नु जति सजिलो थियो, त्यतिनै गार्हो मुक्तिको लागि आफनो आहुती दिनलाई हुदो रहेछ भन्ने कुराको माओबादीलाई अहिले आएर हेक्का भयो होला । तर अहिले फेरी, हिजो माओबादीले गरेकै गल्तीलाई दोहोर्याउने काम मात्रै भईरहेको छ । हत्या र हिन्साले कहिल्यै पनि शान्ति ल्याउदैन, यसले जहिले पनि अशान्ति मात्रै श्रृजना गर्छ । त्यसैले नेपाल सरकार र संघर्षरत समुहले वर्तमान अवस्थामा आ-आफनो अडानमा अडनु भन्दा पनि सकेसम्म मिलाएर शान्तिपूर्ण वार्ताबाट समस्याको सामाधान खोजे अनाहकमा कोही पनि गोपाल गिरी र राजेश मण्डल हुनुपर्ने थिएन होला । किनभने हामीले एउटा विर्सन नुहने कुरा के हो भने, " मुक्ति हत्याले होइन त्यागले प्राप्त हुन्छ " ।
राजु श्रेष्ठ
सावधान । यदि तपाईहरुको अगाडीबाट प्रहरकिो भ्यान र गाडी आईरहेको छ भने या त आफनो सवारी साधन रोकी एकछिन पर्खेर प्रहरीको गाडीलाई जान दिएपछि मात्र आफनो सवारी साधन अगाडी बढाउनुस होईन भने तपाईको राम नाम सत्य छ ।
मुलुकमा बढदै गईरहेको हत्या, हिन्सा र अपराधलाई नियन्त्रण गर्न भनेर केही विदेशी मित्रहरुले थुपारिदिएको महंगा प्रहरी भ्यान र गाडीहरु जनताको सुरक्षामा भन्दा प्रहरीहरु आफै सवारी हाक्ने प्रशिक्षणमा बढी प्रयोग गर्न थालेका छन् । यस्ता नवसिखाडु प्रहरी चालकहरुले चलाएको गाडीले कुनै पनि बेला ठुलै दुर्घटना गर्न सक्ने सम्भावना बढी देखिन थालेको छ ।
एउटा उखान छ नि, नया मुल्लाहले बढी नवाज पढछ भनेर, हो त्यस्तै जसलाई राम्ररी गाडी चलाउन आउदैन, उनीहरु नै न्वारायनको बल लगाएर मुख्य र ब्यस्त सडकहरुमा बेस्सरी गाडी कुदाईरहेका हुन्छन् । छेउमा बसेका हाकिम भने आफनो केटोको बहादुरीमा गर्भले हासिरहेका हुन्छन् । त्यसैले मईले माथि नै भनिसके प्रहरीको गाडी आउदै गरेको देखेर, यो गाडी त हाम्रै सुरक्षाको लागि हो भन्ने भुलमा नपर्नु होला होईन भने ठुलै दुर्घटनामा पर्नु होला नी । अहिले बीरगंजमा अपराधिक घटनाहरु कम भएपछि प्रहरी जवानहरु काम न काजका भएका छन् । यही फुर्सदको बेला फोकटमा पाएको गाडीको सदुपयोग गर्दै चौकी र चेकपोष्टकार् इन्चार्जदेखि प्रहरी जवान सबैजना गाडी हाक्ने प्रशिक्षण लिनमा ब्यस्त देखिन्छन् । त्यसैले अहिले प्रहरीको आउदै गरेको गाडीलाई देखेपछि पैदल हुनुहुन्छ भने पहिले एकछिन रोकिएर प्रहरीको गाडीलाई अगाडी जान दिनुस, त्यसपछि मात्र अगाडी बढनुस । यदि तपाई सवारी साधनमा हुनुहुन्छ भने, थपक्क आफनो सवारीसाधनलाई रोकेर प्रहरीको हुक्यिर आएको गाडीलाई पहिले जान दिनोस त्यसपछि मात्र अगाडी बढनुस । यसैमा प्रहरी र तपाई दुबैको फाईदा हुनेछ ।
यो कुराको उल्लेख गर्न किन आवश्यक पर्यो भने, शुक्रबार विहान करिव ९ बजेतिर बाईपास रोडबाट पावरहाउस चौकतिर आउदै गरेको जिल्लाको एउटा पिकअप भ्यानलाई चालकले जसरी चलाईरहेको थियो । र छेउमा बसेका प्रनानी चाही आफनो चालकको हकाईबाट जसरी आनन्द उठाइरहेका थिए । मलाई त के लागेको थियो भने, आज यो गाडीले कसलाई कुल्चिने हो । किनभने त्यो गाडीलाई चलाईरहेको थिएन, त्यसलाई त नचाईरहेको थियो । प्रहरीको द्रुत गतिमा आएको गाडीले विहानै गौतम स्कुलमा कोचिगं क्लास पढन गएका बालबालिकाहरु चढेको मोटरर्साईकललाइ झण्डै सिध्याएको थियो । त्यसैले दुर्घटना भएपछि मात्रै चेत खुल्ने हामी नेपालीहरुको बुद्धिलाई एकातिर थाती राखी त्यसरी गाडी चलाउने चालकको कन्धालाई थपथपाउनु भन्दा, बरु उनीहरुलाई हामी अनुशासित संस्थाका जिम्मेवार प्रहरी हौ भन्ने पाठ सिखाउन सके, शायद भोली कुनै र्सवसाधारणले र्ब्यर्थमै प्रहरीको आनन्दको शिकार बन्नु पर्ने त थिएन होला ।
सबैलाई थाहा भएकै कुरा हो । प्रहरी चढेको गाडीले तपाइलाई हानोस वा तपाईको गाडीले प्रहरीको गाडीलाई हानोस, दुख्ख त र्सवसाधारणकै छोराले पाउने हो । त्यसैले आफनो सुरक्षा आफै गरौ भन्ने नारालाई अगंली त्यसलाई ब्यहवारमा लागु गरौ र प्रहरीको गाडीको अकालमा शिकार हुनबाट बचौ ।
राजु श्रेष्ठ
सशस्त्र प्रहरीको नसुध्रिने चालाबाट फेरी पर्साबासी आजित भएका छन् । सीमा र जनताको सुरक्षाको लागि गठन भएको सशस्त्र प्रहरी वलले आफनो काम र कर्तब्यभन्दा नचाहीने काममा बढी ध्यान दिने गरेकै कारण केही दिन अगाडी भौराटारमा तीन जनाले अनाहकमा ज्यान गुमाउनु परेको घटना सेलाउन नपाउदै फेरी अहिले पटाखा, आतिशबाजी र भुइकटहर नियन्त्रण गर्ने निहुमा त्रिभुवन राजमार्ग अर्न्तर्गत रहेको बीरगंज पथलैया सडकखण्डमा ठाउ-ठाउमा नक्कली चेकपोष्ट खडा गरी सशस्त्र प्रहरी परिचालन गरेपछि र्सवसाधारण जनता र यात्रुवर्गहरु मार्कामा परेका छन् ।
पटाखा र आतिशबाजी नियन्त्रण गर्नु नराम्रो कुरा होइन, तर यसको नाममा आफनो दुनो सोझयाउनु चाही निश्चितरुपमा राम्रो कुरा होईन । अहिले नियन्त्रणको नाममा त्यही नै भईरहेको र्सवसाधारणको गुनासो छ । सशस्त्रको चेकजाच नामक ज्यादतीबाट पीडित भएका र्सवसाधारण जनता र यात्रुवर्गले यसरी ठाउ-ठाउमा नक्कली चेकपोष्ट राखी चेकजाच गर्नुको साटो बरु एक ठाउमा सक्कली चेकपोष्ट राखी चेकजा“च गरे चेकजाच पनि हुने र र्सवसाधारण जनतालाई यात्रा गर्न सहज वातावरण तयार बनाउनु पर्नेमा जोड दिएका छन् । अहिले बाटो बाटोमा गरिने त्यस्ता चेकजाचको नाममा र्सवसाधारण जनता तथा यात्रुहरुले पटक-पटक गाडीबाट उत्रेर आफनो सामान बाहिर निकाली चेकजा“च गराउने र फेरी मिलाएर राख्नु पर्ने झन्झटको कारण गाडीको यात्रा यात्रुवर्गको लागि नरमाईलो जात्रा भएको छ । शायद यसैलाई भनिने गरिन्छ " कही नभएको जात्रा हाडी गाउमा " भनेर ।
प्रत्येक बर्षनेपाल सरकारले कुनै अप्रिय घटना तथा दुर्घटना नहोस भन्ने उद्धेश्य लिएर पटाखा, आतिशबादी, भइकटहर जस्ता पडकिने बस्तुहरुको खरीद विक्रीमा प्रतिबन्ध लगाउदै आएको छ । सोही प्रतिबन्धको कारण सुरक्षाकर्मीहरुले दिपावलीभन्दा केही दिन अगाडीदेखि छठ पर्वसम्म चेकजाचलाई कडा पार्ने गर्दछ । तर सरकारले जति प्रतिबन्ध लगाए पनि र जति कडा चेकजाच गरे पनि दिपावलीको दिनमा मात्र आर्थिक राजधानी बीरगंजमा करौडो रुपैया बराबरको पटाखा, भुइकटहर, रकेट, बम र आतिशबाजी हुने गरेको शायद कसैबाट लुकेको छैन ।
त्यसैले सुरक्षाकर्मीको यो दायित्वलाई अहिले र्सवसाधारण जनताले म कुटे जस्तो गर्छु त रोए जस्तो गर्नु भन्ने रुपमा लिएको छ । सुरक्षाकर्मीहरुले नियन्त्रणको नाममा जति ठाउमा चेकजाच गरे पनि दिपावलीको दिनमा गत बर्षभन्दा बढी पटाखाहरु पडकेकै हुन्छ । भनेपछि सरकारको प्रतिबन्धित कानुन र सुरक्षाकर्मीको ठाउ-ठाउमा हुने चेकजाचको औचित्य के त ?
र्सवसाधारण जनताले चार्डपर्वको बेला आफनो घरपरिवारमा रमाईलो गर्न भनेर लिएर गएको पटाखा र आतिशबाजी पक्राउ गरेर आफनो कर्तब्य र इमान्दारिता देखाउने सशस्त्र प्रहरीले ट्रकका ट्रक लोड भएर काठमाडौ पुग्ने पटाखालाई चाही किन नदेखेका होलान - होईन भने यत्रो चेकजाचको बावजुद काठमाडौसम्म कसरी पटाखा पुग्छ त ?
सुन्न त र्सवसाधारणले लगेको पटाखाहरु पक्राउ गरी माथिल्लो तहका सुरक्षा अधिकारीहरु आईजिपी, एआईजी, डिआईजी र सचिवका छोराछोरीहरुको लागि पुर्याउने गर्दछ भनेर सुनिन्छ । तर शंका गर्ने ठा“उ भने छ । किनभने यति लाख रुपैया बराबरको यति क्विन्टल पटाखा बरामद गर्यो भनेर सुनिन्छ, तर सबै कहा पुग्छ आजसम्म कसैले थाहा पाउन सकेन ।
पर्सा जिल्लाको भौराटारमा बढो दुखःद घटना हुन पुग्यो । यस घटनाले पुरै पर्सा जिल्लाबासीलाई बढो मर्माहत बनाएको छ । यस घटनाको बारेमा बुझदा "काम विगार्ने रामे चोट पाउने च्यामे " भने जस्तै सुरक्षाकर्मी र गाजा तस्करको जुहारीमा नाबालक रुपेश साह कानु र संदिप साह कानुले अनाहकमा आफनो ज्यान गुमाउन परेको रहस्य खुल्न आएको छ
पर्सामा केही समयदेखि छापामारी गर्नु पर्यो कि त सुरक्षाकर्मीहरुलाई मध्यरातकै समय जर्र्ने गरेको नौलो कुरा होईन । जसको डरलाग्दो परिणाम भौराटारको घटनाले देखाएको छ । यदि सशस्त्र प्रहरीलाई छापामारी गर्नु नै थियो भने दिउसो वा विहान सबै गाउलेको सामु कानुनी प्रकृया पुर्याएरै गरेको भए न यति ठुलो घटना हुने थियो न तीन जना मानिसको क्षति नै हुने थियो । तर खोई के हो पर्साका सुरक्षाकर्मीहरुलाई जति विवाद भए पनि छापामारी गर्नु पर्यो कि राती नै गर्ने गर्छन । किन हो यो कुरा अहिलेसम्म बुझनै सकिएन् ।
विहीबार भौराटार निवासी हेमन्त नुनियाको घरमा ठुलो मात्रामा अवैद्य हातहतियार लुकाई राखेको छ भनेर पाएको सूचनाको आधारमा सशस्त्र प्रहरीको बागेश्वरी तित्रौना बेस क्याम्पबाट राती करिव २ बजेतिर एक टोली छापामारी गर्न पुगेका थिए । छापामारीको क्रममा नुनियाको घरबाट केही फेला नपरेपछि आक्रोशित नुनियाले राति नै गाउलेलाई जमा गरी छापामारी गर्न गएका सशस्त्र प्रहरीलाई नियन्त्रणमा लिई गा“उकै एउटा क्लवमा थुनेर राखेका थिए । तर सुरक्षाकर्मीहरु क्लवको ढोका फोरेर भाग्ने क्रममा चलाएको गोली लागी एक नावालक सहित दुइ जनाको मृत्यु भएको थियो । यता सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउन थालेपछि आफनो ज्यान जोगाउन पश्चिमतिर भाग्दै गरेका एक युवक हरिहरपुर निवासी राजकुमार पटेललाई सुराकीको आरोपमा गाउलेहरुले कुटेर मारेका कुरा खुल्न आएको छ ।
जसले जे जति कुरा गरे पनि भौराटारमा यो दुखद घटना न हतियारको लागि छापामारी थियो न कुनै राजनैतिक कारण नै थियो । यो छापामारी गा“जाको लागि भएको कुरा खुल्न आएको छ । विहिवार घटना भए लगतै पत्रकार दिपेन्द्र चौहानले विहानै ६ बजेतिर फोन गरेर भौराटार घटनाको बारेमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउना साथै समाचार संकलनको लागि विहानै ७ बजे नै भौराटारतिर हिडीयो । तर भौराटार पुग्ने क्रममा बाटोमा जुन दृश्य मैले देखे, त्यसले मलाई अफगानिस्तानको अफिमको खेती याद दिलाएको थियो ।
विन्दबासिनीको मुख्य सडक छाडेर नहरको बाटो हिडेको करिव १५ मिनेटपछि देखिने दृश्य कुनै किसानहरुको गाउ नभएर अफगानिस्तानको अवैद्य लागुऔषधको खेती गर्ने भुमि जस्तै देखिन्थियो । त्यहाका मानिसहरु आफना बालबालिका सहित गाजा रोप्नमा ब्यस्त देखिन्थे । भौराटार गाविसको खेत हेर्दा, सरकारले गाजा खेतीलाई प्रतिबन्धित होईन संरक्षण गरेको जस्तो देखिन्थ्यो । भौराटारमा गाजाको खेती जसरी गरिराखेका छन् त्यसलाई हेर्दा नेपालमा अन्य खाद्यान्नको सामानको मुल्यमा बृद्धि भए पनि यसपटक गाजाको मुल्यमा भने कमि आउने निश्चित छ भएको एक स्थानीय किसान बताउछन ।
राजनैतिक दल, प्रहरी प्रशासन र पत्रकार सबैतिरबाट आवश्यक सहयोग पाएकोले गत सालभन्दा तेब्बरी गाजा खेती भईरहेको एक किसानको दावी छ । उनले गरेको अडकललाई आफनै आखाले प्रत्यक्ष देखेपछि नमान्ने कुरै भएन । किनभने भौराटारबासीले पानी खान हलाईएको धाराको छेउमा रहेको दुइ चार हात खाली जमिनमा समेत गाजाको विउ उमारेर पर्साको प्रहरी र प्रशासनको प्रतिवन्धित कानुनलाई ठाडो चुनौती दिएका छन् ।
गाजाको दृश्यले गोली चलेको घटनालाई समेत ओझेलमा पारेको थियो । घटनाको लागि भौराटार पुगेका सबै सञ्चारकर्मीलहरु गाजाको विउ छरेको दृश्यलाई आफनो डिजिटल र मुभी क्यामेरामा कैद गर्न लालायित देखिन्थे । म पनि यही लोभबाट प्रभावित भई र्फकने क्रममा नहरको बाटोमा सानो मचान जस्तो बनाई छोपेर राखेको गा“जाको विउको फोटा खिच्न खोज्दा केही ब्यक्ति मोटरर्साईकल र र्साईकलमा आएर पहिले त नखिच्न अनुरोध गरे । मैले अलिकति जोड गर्दा उनीहरु एकैचोटी झोक्किएर अब नराम्रो बवाल हुन्छ भन्दै आक्रमण गर्ने प्रयास गरेका थिए । उनीहरुले जब नेपाल सरकार र प्रहरी प्रशासनलाई कुनै अप्ठयारो छैन भने तपाई पत्रकारहरुलाई के को अप्ठयारो - आखिर हामीले सबै पत्रकारहरुलाई सहयोग गरेकै छौ भन्दै मेरो हातबाट क्यामेरा खोस्न खोजेका थिए । मैले भई हाल्यो म खिच्दिन भनेर अगाडी बढे । तर जादा जा“दै उनीहरुले चिच्याएर यदि गाजाको समाचार लेख्यो भने हामी ठिक पारिदिन्छौ भनेर चेतावनी दिन भने छाडेनन् ।
विवाद भएको स्थानबाट करिव २० मिटर अगाडी बढदा करिव सुरक्षाकर्मी सहितको चारवटा प्रहरीको पिकअप गाडी रोकेको पाए । उनीहरु त्यही गा“जाका ठेकेदारहरुसंग हासेर गफ गर्दै गरेको देख्न पाए । मलाई मनमा लाग्यो जब रक्षक नै भक्षक बन्छन भने कसले के गर्न सक्छ ।
भौराटार गाबिसमा भएको घटनाको बारेमा बुझन विहीबार दिउसो दलबल सहित पर्साका प्रजिअ दुर्गाप्रसाद भण्डारी, जनपदका प्रहरी उपरिक्षक सुवोध घिमिरे र सशस्त्रका प्रहरी उपरिक्षक राजेन्द्र बस्नेतको टोली त्यही बाटो भएरै भौराटार पुगेका थिए । उनीहरुले पनि बाटोमा गाजाको खेती देखे होलान । तर के अव पर्साका प्रहरी प्रशासनले भौराटारमा लगाईएको गाजा खेतीलाई पुरै नष्ट पार्लान त - यदि पार्न सके त पर्सा जिल्लाकोर् इतिहासमै नया आयाम थपिने थियो । अहिलेका प्रहरी प्रशासनका प्रमुखहरुको लामो समयसम्म डंका बज्ने थियो होला । तर के हुन्छ त्यो भने हेर्न बाकी नै छ ।
किनभने अहिले भौराटार गाबिसका केही गाजा तस्करहरुले ८ बर्षिय रुपेश साह कानु सहित तीन जनाको मृत्युको मुद्धालाई गाजा खेतीको संरक्षण गर्ने हतियार बनाउन लागीपरेको जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार बसेको र्सवपक्षिय बैठकमा उपस्थित प्रतिनिधिहरुले अव उप्रान्त सुरक्षाकर्मीहरुले भौराटार गाबिसमा कुनै प्रकारको छापामारी नगर्ने र गाउलेहरुलाई कुनै प्रकारको दुख नदिने शर्त अगाडी सारेको जानकारी प्राप्त हुन आएको छ । उपस्थित प्रतिनिधिहरुले यस मुद्धालाई गाजा खेतीको संरक्षणको लागि प्रयोग गर्ने प्रयास गर्दैछन् भने प्रहरी प्रशासनले पनि यसै मुद्धाको आडमा आफनो दुनो सोझयाउने पो हुन कि भनेर शंका उपशंकाहरु पनि उठन थालेको छ । भौराटार घटनामा मृत्यु भएका ८ बर्षिय बालक रुपेश साह कानुका पिता ठग साह कानु, १६ बर्षिय संदिप साह कानुका पिता रामअधार साह कानु र राजकुमार पटेलको घरमा विपती आए पनि केहीले भने यस घटनालाई साप पनि मर्ने र लाठी पनि नटुटने वातावरण बनाउने तयारीमा रहेको सुनिन आएको छ । तर सबैले बुझनु पर्ने कुरा के हो भने गलत कामले सधैं गलत नतिजा नै ल्याउने गर्छ ।
नेकपा माओबादीले गरिव वर्गको राजनीति गर्छ सदाचारको राजनीति गर्दैन । र्सवहारा वर्गको पार्टी भनेर चिनिने नेकपा माओबादीको १० बर्षे जनयुद्धलाई सफल पार्न हजारौ माओबादी जनसेनाले आफनो आहुती दिएका थिए ।
महान शहिदहरुले वगाएको रगतको खोलाको भेलले माओबादीलाई जङ्गलबाट बालुवाटर र सिंहदरवारसम्म पुर्याएको थियो । तर महान शहिदका परिवारले चाही के पायो त - आखिर यसलाई कस्तो र्सवहाराको क्रान्ति भन्ने - जसमा गुमाउनेहरु सबै र्सवहारा छन् तर पाउने चाही सबै ठुलाहरु छन् । जनसेना र लडाकु दस्ता भनेको कतै दशैमा बढी माया गरेर घरमा पालेर राखेको बोका जस्तो त होईन - जसलाई बली दिएर आफनो मनोकांक्षा पुरा गर्ने गर्र्छौ । होइन भने शहिद परिवारको हृदयबिदारक पिडा कसले सुन्ने ? अध्यक्ष प्रचण्ड वा जिल्ला सेक्रेटरीले ?
माओबादी पार्टीको १० बर्षे जनयुद्ध सफल पार्न पर्सा जिल्लाले पनि थुप्रै महान बीर शहिदहरु गुमाएको छ । पार्टीले आफनो कार्यकर्ताको मृत्यु पश्चात भब्य कार्यक्रमको आयोजना गरी शहिदको परिवारलाई मञ्चमा राखी रातो कागजमा बीर शहिदको सम्झना भनी लेखिएको क्रान्तिकारी शहिद कार्ड दिने गर्दछ । त्यसपछि माओबादी सरकारले जनयुद्धताका शहिद भएका परिवारलाई जनही १ लाख रुपैया वापत क्षतिपुर्ति दिने पनि घोषणा गर्छ । घोषणाले शहिद परिवारको मरिसकेको सपनामा फेरी नया जीवनको टुसाहरु पलाउछ । तर मृत्युसंग सौदा गरी पाएको क्षतिपुर्तिको रकम समेत सजिलै हात पर्न पाउदैन । आफनै पार्टीका एक नेता जो आफनै शहिद मित्रको क्षतिपुर्तिको रकम कसरी मित्रको घरसम्म पुर्याई दिने भन्दापनि कसरी त्यो रकम आफनो गोजीमा पार्ने भन्ने योजना बुन्न थाल्छ । सोही योजना अनुरुप शहिद मित्रका घरमा पुगेर आफ्नोपन देखाउदै शहिद कमरेडका परिवारलाई बीरगंजको श्रीपुर स्थित राष्ट्रिय बाणिज्य बैंकमा पुर्याई चेकमा हस्ताक्षर गराउन सफल हुन्छ । तर हस्ताक्षरबाट कति पैसा झिकेको हो त्यो चाही हस्ताक्षर गर्नेलाई थाहा दिईदैन । बैंकबाट पटक-पटक गरी १ लाख रुपैया सबै झिक्न सफल हुन्छ । तर शहिदको परिवारले चाही सबै पटक गरी जम्मा ४० हजार मात्र पाउछ । बीर शहिदको सोझो परिवारले डर्राई डर्राई अरु पैसा खोइ भनेर सोध्दा । चलाख कामरेडले बाकी पैसा पार्टीले उनको मुर्ती बनाउन राखेको छ भनेर बताउछन । शहिदलाई दिएको रकमबाट शहिदको मुर्ती बनाउने सुनेर शहिद परिवार सोझै भएपनि अचम्ममा पर्छ ।
तर समय बित्दै जान्छ । शहिदको परिवारले पाच महिना बितिसक्दा पनि न मर्ुर्ती नै बनाएको थाहा पाउछ न पैसा नै फिर्ता गर्छ । त्यसपछि बीर शहिदको कमजोर परिवारले आफनो बाकी पैसा फिर्ता पाउ भनी पार्टीका नेताहरुको घर धाउन थाल्छ । धाउने क्रममा उनलाई थाहै हुदैन दौडिंदा दौडिदा पाच महिना बितेको । अहिले ती परिवार माओबादीको कतै कार्यक्रम हुदैछ भनेर थाहा पाउने बितिकै त्यहा पुगेर कुर्सीमा बसेका नेताहरुको अगाडी पुगी हात जोडदै शहिद कार्ड देखाएर आफनो पैसा फिर्ता गर्राई दिन आग्रह गर्छ । तर ती दुःखीहरुको आग्रह र अनुरोधले अहिलेसम्म कुनै कामरेडलाइ छुन सकेको छैन । साझ हुन थाल्छ । शहिद परिवार फेरी एकपटक हजुर साझ हुन लाग्यो, घर टाढा छ भोली फेरी आउछौ भनेर घर र्फकन्छन् ।
माथि लेखिएको कुराहरु कुनै कथा र कल्पना होईन । यो यर्थाथ घटना हो । पर्साको हरपुर ४ निबासी शहिद पन्नालाल रामकी दिदी फुलपतीया देवीको हो । उनका एकमात्र भाई पन्नालाल रामले मुलुकबाट सामन्तीहरुको सफाया गरी र्सवहारा वर्गको सरकार बनाउने सपनालाई सफल बनाउन आफनो आहुती दिएका थिए । पन्नालालको मृत्युले पार्टीलाई धेरै सिहदरवार पुर्याए पनि उनको परिवारलाई चाही कहिल्यै नसक्ने अभाव र कहिल्यै नमेटिने पिडा दिएको छ । पन्नालालको पिताको समेत मृत्यु भईसकेकोले उनलाई उनकी दिदी फुलपतीया देवीले सानैदेखि हुर्काएकी हुन । तर जब उसको कमाई खाउला भनेर सोच्दै थिईन कि, उ माओबादीमा प्रवेश गरिसकेको रैछ, प्रवेश गरेको केही समयमै उसको मृत्यु पनि हुन्छ । हामी अर्काको बाख्रा चराएर पेट पाल्नेको एउटै साहारा पनि मिटेर गयो । तैपनि मेरो भाईले देशको लागि आफनो ज्यान दिएको हो भनेर सुन्दा हामी भोखै सुत्न परेपनि हामीलाई गर्व लाग्छ । माओबादी पार्टी राम्रो लाग्थियो । हामी पनि सबै माओबादीमै छौ । अहिले पार्टीलाई सम्झेर दुःख लाग्छ भन्छिन् ।
यही पार्टीका एकजना कार्यकर्ताले हामीलाई दुःख दिइरहेको छ । कसलाई भनेनौ तर कसैले पनि हामीलाई हेर्दैनन् भनेर आखाको आसु पुच्छिन । आफुलाई आफनै गाउका रामस्वरुप जिवन भन्नेले सरकारले हामीलाई क्षतिपुर्ति वापत दिएको १ लाख रुपैयाबाट जम्मा ४० हजार मात्रै दिई बाकी पैसा अझै दिएको छैन भनेर गुनासो गर्छिन । त्यो पैसाको लागि हामी पार्टीकोर् इन्चार्ज अनिलदेखि सबै कहा“ पुगिसक्यौ तर कसैले पनि फिर्ता नगराएको गुनासो गर्छिन । पार्टी इन्चार्ज अनिलले तपाईकौ पैसा केही हुदैन फिर्ता पाउनु हुन्छ भन्छन तर आज पाच महिना बितिसक्दा पनि फिर्ता पाएका छैनौ भनेर दुखेसो पोख्छिन् । फुलमतीयाले भोली तपाईको पत्रिकामा यो समाचार छापिएपछि मलाई र मेरो श्रीमानलाई मार्न पनि सक्छ । किनभने रामस्वरु मानिस ठिक छैन भनेर बताउछिन् । फुलपतीया अहिले राष्ट्रिय बाणिज्य बैंक श्रीपुर कार्यालयको पैसा झिकेको स्टेटमेण्ट र पार्टीले दिएको शहिद कार्ड बोकी सबैलाई देखाउदै हिडिरहेका हुन्छन् । शायद एकदिन उनले आफनो भाईको मृत्यु वापत पाएको पैसा फिर्ता पाउने छिन भनेर आशा गर्न सक्छौ ।





